विश्वकप २०२६ः तेस्रो खेलमा क्यानडा र बोस्निया १–१ को बराबरी

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ ३०  गते।

धराने मिडिया : सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत आफ्नो पहिलो तथा प्रतियोगिताको तेस्रो खेलमा बोस्निया एन्ड हर्जेगोभिनासँग १–१ को बराबरी खेलेको छ। टोरन्टो स्टेडियममा शुक्रबार सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा दुवै टोलीले एक–एक गोल गर्दै अंक बाँडे।

यो नतिजासँगै क्यानडाले विश्वकप २०२६ मा आफ्नो पहिलो अंक जोडेको छ भने बोस्नियाले पनि महत्वपूर्ण एक अंक हासिल गरेको छ।

दुवै टोलीको अर्को खेल

समूह ‘बी’ अन्तर्गत अब क्यानडाले जुन १८ मा कतारसँग भ्यानकुभरस्थित बीसी प्लेसमा प्रतिस्पर्धा गर्नेछ। त्यही दिन बोस्निया एन्ड हर्जेगोभिनाले लस एन्जलस स्टेडियममा स्विट्जरल्यान्डको सामना गर्ने तालिका छ।

विश्वकपको अर्को खेलमा समूह ‘बी’ अन्तर्गत कतार र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्। यो खेल अमेरिकाको सान फ्रान्सिस्को बे एरिया स्टेडियममा आयोजना हुनेछ र नेपाली समय अनुसार शनिबार बिहान (जुन १४) करिब ७:४५ बजे सुरु हुनेछ।