धरानबाट दैनिक पार्किङ शुल्क रु १० हट्ने, वार्षिक रु २००

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : विगत लामो समय देखि धरानमा विभिन्न स्थानबाट दैनिक पार्किङ शुल्क रु १० लाग्ने अब हट्ने भएको छ ।

असार ७ गते बसेको कार्यपालिका बैठक निर्णय अनुसार दैनिक पार्किङ शुल्कको नाम उठाउने रु १० बन्द गरि वार्षिक निजि सवारी साधनलाई रु २०० सडक पुर्वधार उपयोग शुल्कको नाममा उठाइने निर्णय गरेको हो ।

कार्यपालिका बैठकमा लामो छलफल पछि यो निर्णय पारित भएको थियो ।

महाशाखा प्रमुखका अनुसार वडा कार्यलय वा नगरपालिकामा वार्षिक रु २०० तिरेपछी त्यहाँबाट प्राप्त स्टिकरलाई आफ्नो सवारीमा टास्नु पर्दछ ।

यस अघि धरानको विभिन्न स्थान (विशेष गरि बजार क्षेत्र) बाट पार्किङ शुल्क उठाउने गरेको थियो जुन निकै विवादि पनि भयो।