विश्वकप २०२६ : बेल्जियमलाई २–१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २६ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। लस एन्जलस स्टेडियम, इङ्गलउडमा सम्पन्न निकै प्रतिस्पर्धात्मक खेलमा स्पेनले अन्तिम समयमा निर्णायक गोल गर्दै जित निकालेको हो।
यस जितसँगै स्पेन सेमिफाइनलमा प्रवेश गरेको छ भने बेल्जियमको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। सेमिफाइनलमा स्पेनले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ।
स्पेनले सेमिफाइनलमा फ्रान्ससँग खेल्नेछ। यो खेल नेपाली समयअनुसार असार ३० गते (जुलाई १५) बिहान १२:४५ बजे अमेरिकाको डलास स्टेडियम (आर्लिङ्टन, टेक्सास) मा हुनेछ।
प्रतियोगिताको अर्को खेल (नेपाली समय)
नर्वे vs इंग्ल्यान्ड — असार २८ गते (जुलाई १२) बिहान २:४५ बजे, मियामी स्टेडियम, मियामी।
अर्जेन्टिना vs स्वीट्जरल्याण्ड — असार २८ गते (जुलाई १२) बिहान ६:४५ बजे, कान्सास सिटी स्टेडियम, कान्सास सिटी।





















