धरानका तिन युवक सहित लागुऔषधमा १७ जना पक्राउ
समाचारदाता : गोपाल पौडेल


बिराटनगर, २०८२ जेठ २५ गते ।
धराने मिडिया : झापा, सुनसरी र इलामबाट लागुऔषध सहित १७ जना पक्राउ परेका छन ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषधको प्रयोग तथा ओसार पसारलाई नियन्त्रण गर्न परिचालन भएको प्रहरी टोलीले जेठ २३ गते झापाको मेचीनगर-१३ स्थितबाट सोही स्थानका ३५ बर्षीय लक्ष्मि सोरेन, २६ बर्षीय बिष्णु मग्राती र मोरङ लेटाङका २९ बर्षीय सन्तोस परियारलाई १ ग्राम १५० मिलिग्राम र शिवसताक्षी नगरपालिका- १ का २६ बर्षीय प्रनिस मुखिया, २४ बर्षीय तेज बहादुर दर्जीलाई ७०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट सोही स्थानका हिमाल कुमार मण्डल, करण कुमार मण्डल, २१ बर्षीय दयानन्द कुमार यादव, ईटहरी-५ का ३३ बर्षीय अजय चौधरी, धरान -१७ का २७ बर्षीय बिवेक बिश्वकर्मा, संगम राई, १९ बर्षीय किरण राई, बराहक्षेत्र-७ का २२ बर्षीय कौशल कालिकोटे र २० बर्षीय याकुव राईलाई २२ ग्राम ८१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।

सोही दिन इलामको इलाम नगरपालिका-७ स्थितबाट सोही स्थानका २६ बर्षीय रुपन राई, देउमाई नगरपालिका- २ का २९ बर्षीय पासाङ शेर्पा र माई नगरपालिका- १ का २१ बर्षीय अबिरल राईलाई १ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर