विश्वकप २०२६ : स्वीट्जरल्याण्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्यान्डसँग भिड्ने

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २८ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनाले कडा प्रतिस्पर्धापूर्ण खेलमा स्वीट्जरल्याण्डलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेटसम्म १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो, जहाँ अर्जेन्टिनाले निर्णायक गोल गर्दै अन्तिम चारमा आफ्नो स्थान बनायो।

अर्जेन्टिनाले अब सेमिफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। इंग्ल्यान्डले अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

प्रतियोगिताको आगामी खेल (नेपाली समय)

अर्जेन्टिना vs इंग्ल्यान्ड — बिहीबार, साउन १ गते बिहान ५:४५ बजे (नेपाली समय), एटलान्टामा।

स्पेन vs फ्रान्स — बुधबार, असार ३१ गते बिहान ५:४५ बजे (नेपाली समय)।

Fifa Worldcup 2026