धरानमा साँझ ८ बजे तिर खुकुरी प्रहार


धरान : धरानमा शुक्रवार साँझ ८ बजेको समयमा घरमै रहेको अवस्थामा खुकुरी प्रहार भएको छ ।

धरान-५ स्थित बिच देउराली, फोक्लान टापुमा खुकुरी प्रहार हुदा एक व्यक्ति घाइते भएका छन । 

घाइतेको खप्परमा चोट लागेको छ भने उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

घटना के कारण  भएको हो थप अनुसन्धान आउन बाकी रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी मानबहादुर राईले बताए ।