नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै धरानबाट रेन्जर रुप्सुना राई अफ्रिका जादै
समाचारदाता : गोपाल पौडेल

२०८१ माघ १० गते ।
धराने मिडिया : धरान -१२ स्थित एम्स स्काउट क्रियुकी रेन्जर स्काउट रुप्सुना राई नेपाल स्काउटलाई प्रतिनिधित्व गर्दै ६ महिनाका लागि अफ्रिका महादेशको माडागास्कर जाने भएकी छिन् ।
विश्व महिला स्काउट संगठनको यस गर्ल कार्यक्रम अन्तर्गत उनी नेपालबाट अन्य ४ जना स्काउट सहित काठमाण्डौवाट १२ गते अफ्रिका प्रस्थान गर्नेछिन् ।
माडागास्कर जाने रुप्सुनालाई आईतवार स्थानीय स्काउट कार्यालय धरानमा एक कार्यक्रम विच बिदाई गरिएको छ ।
नेपाल स्काउट कोशी प्रदेशका शैक्षिक पद्दती आयुक्त शुसील राई, स्थानीय प्रमुख आयुक्त धरान मधुसूदन घिमिरे, स्थानीय सुशासन, स्रोत विकास तथा वित्त आयुक्त सूर्यकुमार सुनुवार, एम्स क्रियुकी सिनियर टिम मेट नवीना मग्राती लगायतले विदाई गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै रुप्सुनाले आफूले अफ्रिकामा सिकेर आएको ज्ञानलाई समाजमा वाढ्दै सामाजिक कार्यमा अझ लगनशिल भएर लाग्ने प्रतिवद्दता ब्यक्त गरिन्।