धरानमा ट्रक र मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरानमा ट्रक र मोटरसाईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ ।

अपरान्ह धरान-१३ स्थित कोशी लोकमार्गमा भेडेटार तर्फ जादै गरेको प्रदेश १-०२-००२ख ०१६० नम्वरको ट्रकमा बिपरित दिशाबाट आउदै गरेको प्रदेश १-०२-०४८प ४९२४ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना भएको थियो। 

दुर्घटना हुँदा मोटरसाईकल चालक धरान-२० का १७ बर्षीय समर्पण राई घाईते भई उपचारको लागि स्थानिय बिजयपुर अस्पताल लगिएकोमा अस्पताल पुर्‍याउना साथ उनको मृत्यु भएको थियो ।

घटना  सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर