आसरा सुधार केन्द्र र नेपाल पुलिस स्कुल धरानको संयुक्त सहकार्यमा "लागू औषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम" सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १९ गते।

धराने मिडिया : धरान-६ पानवारी स्थित आसरा सुधार केन्द्र र नेपाल पुलिस स्कुल धरानको संयुक्त सहकार्यमा "लागू औषध दुर्व्यसन विरुद्धको जनचेतनामूलक कार्यक्रम" सम्पन्न भएको छ ।

कार्यक्रममार्फत विद्यालयको कक्षा १० मा अध्ययनरत १५३ जना विद्यार्थीहरूलाई लागू औषध दुर्व्यसनका जोखिम, त्यसबाट बच्ने उपाय तथा स्वस्थ र जिम्मेवार जीवनशैलीबारे महत्वपूर्ण अनुशिक्षण प्रदान गरिएको थियो ।

736593124_4480651752146198_5838120907513386477_n (1)

कार्यक्रममा आसरा सुधार केन्द्र, पानवारी धरान की सञ्चालक समितिकी प्रथम उपाध्यक्ष श्रीमती शिला बज्राचार्यको प्रमुख आतिथ्यता रहेको थियो, साथै विद्यालयकी प्राचार्य मनिका सुब्बा राई, समादेशक प्रहरी निरीक्षक अनिता महत, शिक्षक, प्रहरी कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमका मुख्य प्रशिक्षक एवं आसरा सुधार केन्द्रका मनोविद रुकुम राम टमटाले लागूऔषध दुर्व्यसनका कारण, यसको व्यक्तिगत, पारिवारिक तथा सामाजिक असर, साथै यसबाट जोगिन अपनाउनुपर्ने व्यवहारिक उपायबारे प्रेरणादायी र जानकारीमूलक प्रस्तुति दिनुभएको थियो ।

729437556_995958979876782_2707461188648743018_n (1)732409451_1049488021225152_2396446146358224539_n (1)