विश्वकप २०२६ : बोस्निया एन्ड हर्जेगोभिनालाई २–० ले हराउँदै अमेरिका अन्तिम १६ मा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १८ गते।
धराने मिडिया : सह-आयोजक अमेरिका फिफा विश्वकप २०२६ को अन्तिम १६ (राउन्ड अफ १६) मा प्रवेश गरेको छ। बुधबार राति (स्थानीय समय) क्यालिफोर्नियाको सान्टा क्लारास्थित सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको अन्तिम ३२ को खेलमा अमेरिकाले बोस्निया एन्ड हर्जेगोभिनालाई २–० गोलले पराजित गर्दै नकआउट चरणको अर्को यात्रा तय गरेको हो।
अमेरिकाले समूह चरणमा पाराग्वेमाथि ४–१, अष्ट्रेलियामाथि २–० को जित निकालेको थियो भने टर्कीसँग ३–२ ले पराजित भएको थियो। समूह विजेताका रूपमा नकआउट पुगेको अमेरिकाले अब अन्तिम १६ मा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियमले सेनेगललाई ३–२ ले हराउँदै अन्तिम १६ मा स्थान बनाएको हो।
अमेरिकाले अब अन्तिम १६ मा बेल्जियमसँग खेल्नेछ। यो खेल जुलाई ६ मा सियाटलको लुमेन फिल्डमा हुनेछ।
प्रतियोगिताका आगामी खेल (नेपाली समय अनुसार)
स्पेन विरुद्ध अस्ट्रिया – आज राति १२:४५ बजे
पोर्चुगल विरुद्ध क्रोएसिया – बिहान ४:४५ बजे
स्विट्जरल्यान्ड विरुद्ध अल्जेरिया – भोलि बिहान ८:४५ बजे





















