विश्वकप २०२६ : टाइब्रेकरमा नेदरल्यान्ड्सलाई हराउँदै मोरक्को अन्तिम १६ मा
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १६ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक प्रतिस्पर्धामा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो।
यो जितसँगै मोरक्कोले अन्तिम १६ मा सह-आयोजक क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल जुलाई ४ मा अमेरिकाको ह्युस्टनमा हुनेछ।
प्रतियोगिताको अर्को खेल (नेपाली समय अनुसार)
- आइभरी कोस्ट बनाम नर्वे — आज राति १०:४५ बजे, डलास स्टेडियम, आर्लिङ्टन, टेक्सास।
- फ्रान्स बनाम स्विडेन — भोलि बिहान २:४५ बजे, न्यूयोर्क–न्युजर्सी स्टेडियम, इस्ट रदरफोर्ड।





















