धरानमा नेपाल प्रहरी श्रीमती संघद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १४ गते।

धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थित श्री पव्लिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई नेपाल प्रहरी श्रीमती संघद्वारा शैक्षिक सामग्री वितरण गरिएको छ ।

लागू औषध दुरुपयोग तथा ओसारपसार बिरुद्द अन्तराष्ट्रिय दिवस (२६ जुन २०२६) को अवसरमा असार १२ गते आसरा सुधार केन्द्र पानवारी धरानको आयोजनामा नेपाल प्रहरी श्रीमती संघका केन्द्रिय अध्यक्ष एंव आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रमुख संरक्षक श्रीमती नविना खत्री कार्कीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे र आसरा सुधार केन्द्र रानीबारी काठमाण्डौका प्रशासन सचिव रोजी तुलाधर अधिकारीको विशेष आतिथ्यतामा श्री पव्लिक माध्यमिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई शैक्षिक सामग्री बितरण गरिएको हो ।

730608627_1252301613501806_9124858146794738625_n (1)

शैक्षिक सामग्री बितरण पश्चात कार्यक्रमलाई सम्वोधनको क्रममा प्रमुख अतिथि श्रीमती नविना खत्री कार्कीले हरेक बालबालिकाले गुणस्तरीय शिक्षा र सुरक्षित वातावरण पाउनुपर्छ भन्ने नेपाल प्रहरी श्रीमती संघको उद्धेश्य अनुरुप शैक्षिक सामग्री वितरण गरिएको जसले बिद्यार्थीहरुको अध्ययन प्रति उत्साह बढाउनुका साथै सकारात्मक मार्गमा अघि बढ्न प्रेरित गर्न मद्धत मिल्ने बताउनु भयो । वहाँले लागू औषध दुर्व्यसन समाजको गम्भीर चुनौती रहेकोले यसको नियन्त्रणका लागि सचेतना, शिक्षा र सबै पक्षको साझा सहकार्य आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बिद्यार्थीहरुलाई परामर्शदाता नर्सिङ प्रधान र गौरव सिहोरियाले लागू औषध विरुद्द सचेतनामुलक जानकारीहरु सहित प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

730503306_1902036743804731_5807648433705555301_n (1)

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुँयाल, जिल्ला प्रहरी कार्यालय सुनसरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी, कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षहरु, नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशका पदाधिकारीहरु, स्थानिय जनप्रतिनिधि, आसरा सुधार केन्द्र पानवारी धरानका संचालक समितिका सदस्यहरु, परामर्श दाता लगायत शिक्षक अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

730891541_2356395854890915_159285070054257621_n (1)