नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ६ गते।

धराने मिडिया : नेपाल स्काउटको ७५ औँ स्थापना दिवसका अवसरमा कोशी प्रदेश स्काउट कार्यालयको आयोजनामा तथा स्थानीय स्काउट कार्यालय, इटहरी उपमहानगरपालिकाको व्यवस्थापनमा आयोजित “मूल समारोह तथा सम्मान कार्यक्रम–२०८३” इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा भव्य रूपमा सम्पन्न भएको छ।

कोशी प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख स्काउट एवं माननीय सामाजिक विकास मन्त्री श्री रामप्रसाद मेहताज्यूको प्रमुख आतिथ्यता रहेको थियो। विराटनगर महानगरपालिकाका नगर प्रमुख तथा स्थानीय प्रमुख स्काउट श्री नागेश कोइरालाज्यू, उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीनकुमारी खतिवडाज्यू लगायत विभिन्न स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरूको विशिष्ट आतिथ्यता रहेको थियो।

WhatsApp Image 2026-06-19 at 9.07.20 PM (1)

डिभिएम स्काउट दलले आकर्षक स्वागत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रममा प्रदेश सुशासन, स्रोत विकास एवं वित्त आयुक्त श्री समर्पण खतिवडाज्यूले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अवसरमा नेपाल स्काउटको अभियानलाई स्थानीय तहमा प्रभावकारी रूपमा सञ्चालन तथा प्रवर्द्धन गर्न योगदान पुर्‍याउने विभिन्न निकायसँग सम्बन्धित व्यक्तित्वहरू तथा संस्थाहरूलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा स्थानीय तहका संरक्षक एवं  नगर प्रमुख तथा गाउँपालिका अध्यक्षहरू श्री नागेश कोइराला (विराटनगर महानगरपालिका) र श्री अइन्द्रविक्रम बेघा (धरान उपमहानगरपालिका) रहनु भएको थियो । त्यसैगरी, स्थानीय प्रमुख स्काउटहरू श्री जलवर्षा राजवंशी (गौरादह नगरपालिका) र श्री मीनाकुमारी पौडेल (उर्लाबारी नगरपालिका) सम्मानित हुनुभएको थियो । साथै, सामाजिक विकास मन्त्रालयका उपसचिव श्री दुर्गाप्रसाद सिग्देलज्यूलाई समेत सम्मान गरिएको थियो।

WhatsApp Image 2026-06-19 at 9.07.19 PMWhatsApp Image 2026-06-19 at 9.07.22 PM

स्थानीय स्काउट कार्यालयतर्फ मेचीनगर नगरपालिका, लेटाङ नगरपालिका र सुन्दरहरैँचा नगरपालिका सम्मानित भएका थिए। त्यस्तै, विद्यालयमा स्काउट कार्यक्रम सञ्चालन गरी उत्कृष्ट योगदान पुर्‍याउने विद्यालयहरूमा श्री सरस्वती माध्यमिक विद्यालय, मोलुङ गाउँपालिका, श्री मादी माध्यमिक विद्यालय, मादी नगरपालिका, श्री सिंहदेवी माध्यमिक विद्यालय, फाकफोकथुम गाउँपालिका, श्री जडेज माध्यमिक विद्यालय, बराहक्षेत्र नगरपालिका तथा श्री पोखरिया माध्यमिक विद्यालय, विराटनगर रहेका थिए।

WhatsApp Image 2026-06-19 at 9.07.21 PM (1)

कार्यक्रममा राष्ट्रिय परिषद् सदस्यहरू, प्रदेश कार्यसमिति सदस्यहरू, प्रदेश परिषद् सदस्यहरू, राष्ट्रिय प्रशिक्षक तथा सहायक राष्ट्रिय प्रशिक्षकहरू, स्थानीय प्रमुख आयुक्तहरू, विभिन्न विद्यालयका प्रमुख एवं प्रधानाध्यापकहरू, स्थानीय कार्यसमितिका पदाधिकारीहरू, स्काउट लिडरहरू, रोभर/रेन्जर तथा स्काउटहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा प्रदेश सदस्यता वृद्धि आयुक्त श्री सन्तोष घिमिरेज्यूले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो।