अन्तर- ट्रुप नटिङ (गाँठो बनाउने) प्रतियोगिता सम्पन्न
समाचारदाता : मधुसूदन घिमिरे
२०८३ असार १ गते।
धराने मिडिया : स्थानीय स्काउट कार्यालय धरानको आयोजना र युरेका आवासीय विद्यालयको व्यवस्थापनमा जेठ ३१ गते अन्तर- ट्रुप नटिङ( गाँठो बनाउने) प्रतियोगिता सम्पन्न भएको छ ।
युरेका माविका प्रिन्सिपल कुरन चेम्जोङ्गको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख तथा स्थानीय स्काउट संरक्षक अइन्द्र विक्रम वेघा रहको कार्यक्रममा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारी,शैक्षिक पद्धति आयुक्त शुशील राई, स्थानीय प्रमुख आयुक्त मधुसूदन घिमिरे, स्थानीय सदस्यता वृद्धि आयुक्त धनकुमार राई, परिषद् सदस्य अनुज भट्टराई , स्काउटर, रोभर रेन्जरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा धरानभित्रका स्काउट सञ्चालन भएका २० विद्यालय सहभागी भएका थिए ।प्रत्येक विद्यालयबाट दुई जना प्रतिस्पर्धी रहेका थिए । कार्यक्रमको निर्णायक प्रदेश शैक्षिक पद्धति आयुक्त शुशिल राई तथा स्थानीय परिषद् सदस्य अनुज भट्टराई रहेको र प्रतिस्पर्धा दुई चरण गरी सम्पन्न भएको थियो ।

प्रतियोगितामा निम्नानुसार प्रथम,द्वितीय,तृतीय र सान्त्वना बन्न सफल भए :
प्रथम : युरेका स्काउट दल : सुमिरण शाक्य - रितिका श्रेष्ठ
द्वितीय : विष्णु स्काउट दल : अङ्कित निरौला - आरम्भ दहाल
तृतीय : जेनिथ स्काउट दल : दृष्टान्त सुवेदी - सामना लिम्बु
चतुर्थ : धरान मेघा हिमालय : सत्कार श्रेष्ठ - सुस्मिता बुढाथोकी
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै धरानका प्रमुख आयुक्तले स्थानीय स्काउट कार्यालय सङ्ख्याका साथसाथै गुणस्तरीय स्काउटिङमा विश्वास गर्दछ । त्यसका लागि योजनाबद्ध ढङ्गले वार्षिक कार्यतालिका नै प्रकाशित गरी कार्यक्रम गर्दै आइरहेको र स्काउट विद्यार्थीहरुबाट अझ माग भएबमोजिमका कार्यक्रम निरन्तर गरिरहने विचार राखेका थिए ।

प्रमुख अतिथिले स्काउट समाज र राष्ट्रका लागि बहुउपयोगी रहेकाले धरानभित्र अनिवार्य स्काउटको व्यवस्था गरिएको र यसमा जोडिन सबै विद्यालयलाई आह्वान गरे । नटिङ केेवल डोरी बाँध्ने कलामात्र नभई विपत् मा के कसरी यसलाई प्रयोग गर्न सकिन्छ,त्यसको विकास हो । स्थानीय सरकार स्काउटको विकासमा प्रतिबद्ध भएर लाग्ने जानकारी दिए ।
सभापति कुरन चेमजोङ्गले कार्यक्रम गर्न पाएकामा धन्यवाद ज्ञापन गर्दै भविष्यमा समेत स्काउटका कार्यक्रम गरिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रम स्थानीय स्काउट कार्यालय धरानको वार्षिक कार्यतालिका अनुसार भएको हो ।स्थानीय स्काउट कार्यालय प्रत्येक महिना कम्तीमा एउटा कार्यक्रम गर्ने योजना अनुसार कार्यतालिका बनाई लागु गरिरहेको छ ।




















