प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने - मुख्यमन्त्री कार्की
समाचारदाता : गोपाल पौडेल
२०८३ जेठ ३१ गते।
धराने मिडिया : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले खेल क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ।
आज बिहान राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा पदक पाउने खेलाडीहरूको सम्मानका लागि मुख्यमन्त्री निवासमा राखिएको चियापन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले खेल क्षेत्रमा लाग्ने कुनै पनि खेलाडी निराश नहुने गरी प्रदेशले काम गरिरहेको बताउनुभयो। विद्यालय उमेरका किशोर किशोरीलाई खेलका मार्फत आकर्षित गरेर अगाडि बढाउनका लागि पुरस्कार र सम्मान राखेर प्रदेश अघि बढिरहेको उहाँले बताउनुभयो। मुख्यमन्त्री कार्कीले, भन्नुभयो हामी प्रदेशमा खेल क्षेत्रलाई अत्यन्तै प्राथमिकतामा राखेर काम गर्नेछौं।, गत जेठ २० गतेदेखि २२ गतेसम्म काठमाडौँमा भएको राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा कोशी प्रदेशका खेलाडीले स्वर्ण ,काश्य र रजत गरेर २८ पदक पाएका छन्। चारजनाले स्वर्ण पदक समेत जितेका छन्।
कोशी प्रदेश सरकारले स्वर्ण पदक विजेतालाई 1 लाख रजत पदक विजेतालाई ७५ हजार, काश्य पदक विजेतालाई ५० हजार र खेलका प्रशिक्षकलाई १५ हजार साथै व्यवस्थापकलाई १० हजार गरेर सम्मान गर्ने कार्यक्रम समेत राखेको छ। कार्यक्रममा सामाजिक विकास मन्त्री रामप्रसाद मेहेता, उद्योग ,कृषि तथा सहकारी मन्त्री ईश्राइल मन्सुरी पनि उपस्थिति हुनुहुन्थ्यो।




















