कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा भरुवा बन्दुक सहित १ जना नियन्त्रणमा

समाचारदाता : गोपाल पौडेल

संखुवासभा, २०८३ जेठ ३०  गते।

धराने मिडिया : संखुवासभाको पाँचखपन नगरपालिका-६ मगरटोल स्थितबाट भरुवा बन्दुक सहित १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जेठ २९ गते गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले पाँचखपन नगरपालिका-६ निवासी ३५ वर्षीय विनय मगरको घर छेउमा रहेको कागतीको झाडीमा लुकाईछिपाई राखेको अवस्थामा १ थान लोड गरिएको भरुवा बन्दुक बरामद गरे संगै मगरलाई नियन्त्रणमा लिएको हो ।

बन्दुक सहित पक्राउ परेका मगरको थप अनुसन्धान भइरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर