मिसेस धरान आइकोन २०२४ को उपाधि डा.सगुन खनाललाई 

समाचारदाता : गोपाल पौडेल

२०८१ भदौ ०९ गते।

धराने मिडिया : एल एड सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन २०२४ सिजन एक प्रतियोगिताको उपाधि डा.सगुन खनाललाई हात पारेकी छिन।

गत शनिवार धरान-१५ स्थित चुम्लुङको सभा हलमा भएको मिसेस धरान आइकोन २०२४ को ग्रान्ड फिनाले कार्यक्रममा सहभागी २४ जनालाई पछि पार्दै उनि विजेता घोषित भएकी हुन। उनि सगै प्रतियोगितामा भागि लिम्बु दोस्रो र लक्ष्मी राई तेस्रो भएकी थिइन।

898daa84-df9b-400b-9811-9b76d742b5b7

फाइनलमा निर्णायकहरु मिस नेपाल २०१५ का विजेता इभाना मानन्धर, मिसेस नेपाल २०२३ का विजेता पृथिविया थापा, फेसन डिजाइनर सुक्निता चौलागाई, कलाकार अनुपम श्रेष्ठ र उद्यमी जयश्रि भाग्रि जाजु रहेका थिए।

कार्यक्रममा उद्घोषक तिर्थ कार्की र रिङ्छेन गुरुङले गरेका थिए। उनिहरुले सुरुवातमा कार्यक्रमको बारे सम्पुर्ण उपस्थितिलाई परिचय दिएका थिए।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका प्रमुख हर्क राज राई (साम्पाङ) ले शुभकामना मन्तव्य दिएका थिए। उनले सहभागी प्रतियोगिता र आयोजन दुवैलाई धन्यवाद तथा शुभकामना थिए।

1ccd691c-41ed-4635-8050-9f1c2b3c5cac

विभिन्न सबै टाईटलका विजेतहरुमामा मिसेज ब्युटीफुल लक्ष्मी लिम्बू,मिसेज चार्मिङ होमा लिम्बू,मिसेज वेस्ट स्माइल रिता विश्वकर्मा,मिसेज गलोविङ स्किनको उपाधि मनुशिल राईले पाएका थिए । त्यसैगरी मिसेज वेस्ट हेयर भावना लिम्बू,मिसेज इन्टेलेक्चुअल सगुण खनाल,मिसेज फ्रेण्डलीको उपाधि शोभा पौडेल श्रेष्ठ ले हात पारिन् ।

f3805c81-537c-4316-a53a-f3b9d37ce27a

त्यसैगरी मिसेज पङचुअल सन्तोषी विक भइन्। मिसेज ओविडेन्त दया राईलाई छनोट भए । मिसेज डिसिप्लिन सिन्धु सुब्बा भए । मिसेज गेट वे गोडेस बुनु लिम्बू भइन् । मिसेज फोटोजेनिक रमिला बस्नेत भइन् । मिसेज क्विक लर्नर निरमाया विकलाई घोषित गरे । मिसेज सपेक्टकुलर आईको उपाधि रञ्जिता बास्तोलालाई मिले । मिसेज साईनिङ स्टारको उपाधि श्रृजना लिम्बूले पाईन । मिसेज एक्टिभको उपाधि तारादेवी तामाङले हात पारिन् ।

विगत एक महिना अघि अडिसन शुरु भएपछि साउन महिना भरि प्रतियोगीहरुले विभिन्न क्षेत्रको ज्ञान शिक्षा तथा प्रशिक्षण लिएका थिए ।

a7642c8f-98a8-44e5-8368-461717ea382f4180ddfe-7bd7-4390-afd5-784914be1032