विश्वकप २०२६ : फ्रान्सलाई २–० ले स्तब्ध पार्दै स्पेन फाइनलमा

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ३१ गते।

धराने मिडिया : स्पेनले फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्दै शानदार रूपमा फाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न खेलमा स्पेनले उत्कृष्ट र सन्तुलित प्रदर्शन गर्दै फ्रान्सका स्टार खेलाडीहरूको आक्रमणलाई प्रभावहीन बनायो।

स्पेनले प्रतियोगिताभर उत्कृष्ट लय कायम राख्दै फाइनल यात्रा तय गरेको हो। यस जितसँगै स्पेनले विश्वकप उपाधि जित्ने सम्भावनालाई अझ बलियो बनाएको छ भने फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल पुग्ने सपना समाप्त भएको छ।

अब दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिना आमनेसामने हुनेछन्। उक्त खेलको विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ भने पराजित टोलीले फ्रान्ससँग तेस्रो स्थानका लागि खेल्नेछ।

प्रतियोगिताको अर्को खेल (नेपाली समय अनुसार)

इंग्ल्यान्ड vs अर्जेन्टिना (दोस्रो सेमिफाइनल)

मिति: १६ जुलाई २०२६

समय: राति १२:४५ बजे

स्थान: एटलान्टा स्टेडियम, एटलान्टा, अमेरिका

Fifa Worldcup 2026