विश्वकप २०२६ : मेक्सिकोले दक्षिण कोरियामाथि १–० को महत्त्वपूर्ण जित
समाचारदाता : गोपाल पौडेल
२०८३ असार ५ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को रोमाञ्चक खेलमा सह–आयोजक राष्ट्र Mexico ले South Korea माथि १–० को महत्वपूर्ण जित दर्ता गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। ग्वाडालाजारास्थित स्टेडियममा सम्पन्न खेलमा लुइस रोमोको दोस्रो हाफको गोल नै निर्णायक बन्यो।
यस जितसँगै मेक्सिकोले लगातार दोस्रो जित निकाल्दै समूह ‘ए’ को शीर्ष स्थानमा आफूलाई स्थापित गरेको छ। दक्षिण कोरियाको भने दुई खेलबाट तीन अंक रहेको छ। मेक्सिकोले प्रतियोगिताको पहिलो खेलमा दक्षिण अफ्रिकालाई २–० ले पराजित गरेको थियो। त्यस्तै दक्षिण कोरियाले पहिलो खेलमा चेकियामाथि २–१ को पुनरागमन जित निकालेको थियो।
समूह चरणको अन्तिम खेलपछि नकआउट चरणको समीकरण स्पष्ट हुनेछ। हालको अवस्थाअनुसार मेक्सिको समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरिसकेको छ र चेकियासँग समूह चरणको अन्तिम खेल खेल्नेछ। दक्षिण कोरियाले दक्षिण अफ्रिकाविरुद्ध खेल्दै नकआउट यात्रा सुनिश्चित गर्ने प्रयास गर्नेछ।





















