विश्वकप २०२६ : न्युजिल्यान्डसँग इरानको २–२ बराबरी, दुवै टोलीले अंक बाँडे
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २ गते।
धराने मिडिया : अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को रोमाञ्चक खेलमा इरान र न्युजिल्यान्डले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन्। दुवै टोलीले खेलभर आक्रामक प्रदर्शन गर्दै अवसर सिर्जना गरे पनि अन्ततः एक–एक अंकमा चित्त बुझाउन बाध्य भए।
खेलमा न्युजिल्यान्डका एलिजा जस्टले दुई गोल गर्दै टोलीलाई दुई पटक अग्रता दिलाएका थिए। कप्तान क्रिस वुडको उत्कृष्ट पासमा जस्टले दुवै गोल गरेका थिए। इरानका लागि रामिन रेजाइयानले पहिलो बराबरी गोल फर्काए भने दोस्रो हाफमा मोहम्मद मोहबीले गोल गर्दै खेल २–२ मा पुर्याए।
समूह ‘जी’ अन्तर्गत इरानले आफ्नो दोस्रो खेलमा बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ भने न्युजिल्यान्डले इजिप्टसँग भिड्ने तालिका रहेको छ। त्यसपछि अन्तिम समूह खेलमा इरानले इजिप्टसँग र न्युजिल्यान्डले बेल्जियमसँग खेल्नेछ।
आजको खेलपछि विश्वकपमा हुने आगामी समूह चरणका प्रमुख खेलहरू (नेपाली समयानुसार) यसप्रकार छन्–
फ्रान्स बनाम सेनेगल - १२ः४५ (राति)
इराक बनाम नर्वे - ३ः४५ (विहान)
अर्जेन्टिना बनाम अस्ट्रिया - ६ः४५ (विहान)
जोर्डन बनाम अल्जेरिया - ९ः४५ (विहान)





















