विश्वकप २०२६ : दक्षिण अफ्रिकाको ऐतिहासिक जित, दक्षिण कोरिया १–० ले पराजित

समाचारदाता : गोपाल पौडेल

२०८३ असार ११ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को निर्णायक खेलमा दक्षिण अफ्रिकाले दक्षिण कोरियामाथि १–० को महत्वपूर्ण जित दर्ता गरेको छ। मेक्सिकोको मोन्टेरेस्थित स्टेडियो बीबीभीएमा सम्पन्न खेलमा थापेलो मासेकोले गरेको एकमात्र गोल नै दक्षिण अफ्रिकाको जितका लागि पर्याप्त बन्यो।

उक्त जितसँगै दक्षिण अफ्रिकाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। उता दक्षिण कोरियाको भविष्य भने अन्य समूहका तेस्रो स्थानका टोलीहरूको नतिजामा निर्भर रहने भएको छ।

South Korea एसियाकै सफल टोलीमध्ये एक हो। दक्षिण कोरिया १९५४ देखि विश्वकपमा सहभागी हुँदै आएको छ। उसले २००२ को विश्वकपमा घरेलु समर्थकको साथमा ऐतिहासिक रूपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो, जुन कुनै पनि एसियाली राष्ट्रको उत्कृष्ट उपलब्धिमध्ये एक मानिन्छ।

South Africa ले पहिलो पटक १९९८ मा विश्वकप खेलेको थियो। त्यसपछि २००२ र २०१० मा पनि सहभागी भएको दक्षिण अफ्रिका २०१० मा विश्वकप आयोजना गर्ने पहिलो अफ्रिकी राष्ट्र बनेको थियो। यद्यपि यसअघि उसले कहिल्यै नकआउट चरण पार गर्न सकेको थिएन। यस पटकको जितले टोलीलाई नयाँ इतिहास रच्ने अवसर दिएको छ।

विश्वकप २०२६ अन्तर्गत आज राति समूह ‘ई’ का खेलहरू हुनेछन्। आजको खेलमा इक्वेडर विरुद्ध जर्मनी — राति १:४५ बजे र कुरासाओ विरुद्ध आइभोरी कोस्ट — राति १:४५ बजे हुनेछ।

Fifa Worldcup 2026