मदन भण्डारी मेमोरियल धरान वुमेन्स फुटबल कप–२०८३ सम्पन्न

समाचारदाता : गोपाल पौडेल

२०८३ असार  ८ गते।

धराने मिडिया : धरान–१६ स्थित धरान रंगशालामा आयोजित मदन भण्डारी मेमोरियल धरान वुमेन्स फुटबल कप–२०८३ सोमबार सम्पन्न भएको छ। असार २ गतेदेखि सुरु भएको प्रतियोगिता असार ८ गते सम्पन्न भएको हो।

फाइनल खेलमा धरान लेडिज फुटबल क्लब र फेयर फुटबल क्लबबीच प्रतिस्पर्धा भएको थियो। निर्धारित समयमा दुवै टोलीले बराबरी खेलेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा फेयर फुटबल क्लबकी पूर्णिमा राईले निर्णायक गोल गर्दै टोलीलाई उपाधि दिलाएकी थिइन्।

WhatsApp Image 2026-06-22 at 8.46.53 PM

प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत रहेका थिए। प्रतियोगिताको अवसरमा नेपाली महिला फुटबलको विकासमा योगदान पुर्‍याएका पूर्व राष्ट्रिय महिला खेलाडीहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा टोलीलाई विभिन्न विधामा पुरस्कार प्रदान गरिएको थियो। उत्कृष्ट गोलकिपरको उपाधि फेयर फुटबल क्लबकी सुम्निमा राईले प्राप्त गरिन् भने उत्कृष्ट डिफेन्डर धरान लेडिजकी प्रतिमा घिमिरे घोषित भइन्। उत्कृष्ट मिडफिल्डरतर्फ धरान लेडिजकी समीक्षा मगर पुरस्कृत भइन्।

WhatsApp Image 2026-06-22 at 8.47.00 PMWhatsApp Image 2026-06-22 at 8.46.54 PM

त्यस्तै, राइजिङ प्लेयरतर्फ सनम परियार, आश्मा क्षेत्री र सरस्वती राजवंशी सम्मानित भए। उत्कृष्ट फरवार्डको पुरस्कार फेयर फुटबल क्लबकी सुप्रिया मेयाले जितिन्। प्रतियोगिताको ‘बेस्ट फेयर टिम’को उपाधि अल स्टार फुटबल टिमलाई प्रदान गरिएको थियो।

धरान लेडिजकी आयुषा राई प्रतियोगिताकी ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भइन् भने फेयर फुटबल क्लबकी पूर्णिमा राई ‘बेस्ट प्लेयर’ घोषित भइन्। विजेता तथा उपविजेता टोलीलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

WhatsApp Image 2026-06-22 at 8.46.53 PM (2)WhatsApp Image 2026-06-22 at 8.46.56 PM

प्रतियोगिताले महिला फुटबलको विकास, प्रतिभा पहिचान तथा नयाँ खेलाडीलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको विश्वास रहेको छ। धरानमा महिला फुटबलप्रतिको बढ्दो आकर्षणका बीच सम्पन्न प्रतियोगिताले स्थानीय खेलकुद क्षेत्रलाई थप उत्साहित बनाएको छ।

WhatsApp Image 2026-06-22 at 8.46.55 PM (2)WhatsApp Image 2026-06-22 at 8.46.55 PMWhatsApp Image 2026-06-22 at 8.46.57 PMWhatsApp Image 2026-06-22 at 8.46.51 PM