विश्वकप २०२६ : जापानको भव्य जित, ट्युनिसिया ४–० ले स्तब्ध
समाचारदाता : गोपाल पौडेल
२०८३ असार ७ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को महत्वपूर्ण खेलमा जापानले ट्युनिसियामाथि ४–० को शानदार जित दर्ता गर्दै नकआउट चरण नजिक पुगेको छ। मेक्सिकोको मोन्टेरेस्थित एस्टाडियो बीबीभीएमा सम्पन्न खेलमा जापानले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै ट्युनिसियालाई कुनै अवसर नदिएको हो।
यो जितसँगै जापान समूह ‘एफ’ बाट अन्तिम ३२ मा पुग्ने सम्भावना बलियो बनाएको छ। लगातार दोस्रो हार बेहोरेको ट्युनिसिया भने समूह चरणबाटै बाहिरिएको छ। साथै जापान विश्वकपको इतिहासमा एकै खेलमा चार गोल गर्ने पहिलो एसियाली राष्ट्रसमेत बनेको छ।
समूह ‘एफ’ मा नेदरल्यान्ड्स, जापान, स्विडेन र ट्युनिसिया रहेका छन्। अन्तिम समूह खेलपछि शीर्ष दुई टोलीले राउन्ड अफ ३२ मा स्थान बनाउनेछन्। जापानले आफ्नो अन्तिम समूह खेलमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको नतिजाले समूह विजेता वा उपविजेताको टुंगो लगाउनेछ।
विश्वकप २०२६ अन्तर्गत आजका आगामी खेलहरू:
स्पेन vs साउदी अरेबिया — राति ९:४५ बजे
बेल्जियम vs इरान — राति १२:४५ बजे
उरुग्वे vs केप भर्डे — भोलि बिहान ३:४५ बजे
न्युजिल्यान्ड vs इजिप्ट — भोलि बिहान ६:४५ बजे





















