सुन र चाँदीको मूल्यमा उच्च गिरावट

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १० गते।

धराने मिडिया : नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले आज बुधबार पनि निरन्तरता पाएको छ। मंगलबार ओरालो लागेको दुवै बहुमूल्य धातुको भाउ आज थप घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन सुनको मूल्य प्रतितोला तीन हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १०५ रुपैयाँ घटेको हो।

आज सुन प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबारको बजारमा सुन प्रतितोला दुई लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै यस दिन चाँदी प्रतितोला चार हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको छ भने मंगलबारको बजारमा चाँदी तोलाको चार हजार ५९० रुपैयाँमा कारोबार भएको थियो।