विश्वकप २०२६ : कोलम्बियाको संघर्षपूर्ण जित, डीआर कंगो १–० ले पराजित
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १० गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को महत्वपूर्ण खेलमा Colombia ले DR Congo माथि १–० को कठिन जित हात पारेको छ। ग्वाडालाहारा रंगशालामा सम्पन्न खेलमा डानियल मुनोजको दोस्रो हाफको गोल निर्णायक बनेको थियो। यस जितसँगै कोलम्बियाले नकआउट चरण (राउन्ड अफ ३२) मा स्थान सुरक्षित गरेको छ।
यस जितपछि कोलम्बिया समूह ‘के’ को शीर्ष स्थानमा उक्लिएको छ र अन्तिम समूह चरणको खेलमा पोर्चुगलसँग भिड्नेछ। उक्त खेलले समूह विजेताको टुंगो लगाउने सम्भावना रहेको छ।
यता डीआर कंगोले अन्तिम समूह खेलमा उज्बेकिस्तानको सामना गर्नेछ। नकआउट चरणमा पुग्न डीआर कंगोलाई उक्त खेल जित्नै पर्ने दबाब रहेको छ।





















