विश्वकप २०२६ : नर्वेमाथि फ्रान्सको ४–१ को सानदार जित, समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १३ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा फ्रान्सले नर्वेलाई ४–१ ले पराजित गर्दै शतप्रतिशत जितसहित समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ।

बोस्टनमा सम्पन्न खेलमा फ्रान्सका स्टार फरवार्ड उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीको शानदार जितको आधार तयार पारे।

समूह ‘आई’ को विजेता बनेको फ्रान्सले अब अन्तिम ३२ को खेलमा स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै, समूह उपविजेता नर्वेले आइभरी कोस्टसँग नकआउट चरणमा खेल्नेछ। यी खेलहरू आगामी नकआउट चरणको तालिकाअनुसार नेपाली समय असार १७ गते (जुलाई १) बिहान हुनेछन्।

Fifa Worldcup 2026