विश्वकप २०२६ : तुर्कीसँग अमेरिका ३–२ गोलले पराजित
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १२ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ को समूह ‘डी’ अन्तर्गत भएको रोमाञ्चक खेलमा तुर्कीले सह-आयोजक अमेरिकामाथि ३–२ को रोमाञ्चक जित दर्ता गरेको छ। खेलको अन्तिम क्षणमा गरेको निर्णायक गोलसँगै तुर्कीले प्रतियोगितामा सान्त्वना जित निकाल्यो, जबकि अमेरिका हार बेहोरे पनि समूह विजेताका रूपमा अन्तिम ३२ (राउन्ड अफ ३२) मा प्रवेश गर्न सफल भयो।
अमेरिकाले यसअघि पाराग्वे र अस्ट्रेलियामाथि जित निकालिसकेको थियो। त्यसैले तुर्कीसँग पराजित भए पनि समूह ‘डी’ को शीर्ष स्थान सुरक्षित राख्दै नकआउट चरणमा पुगेको छ।
यता तुर्कीले प्रतियोगितामा पहिलो जित हासिल गरे पनि समूह चरणबाटै बाहिरिएको छ। यसअघि उसले अस्ट्रेलियासँग २–० र पाराग्वेसँग १–० ले हार बेहोरेको थियो।
अमेरिकाले अब राउन्ड अफ ३२ मा बोस्निया एन्ड हर्जेगोभिनासँग प्रतिस्पर्धा गर्नेछ। यो खेल नेपाली समय अनुसार जुलाई २ बिहान ५:४५ बजे हुनेछ।
प्रतियोगिताका आजका (नेपाली समय अनुसार) खेल
नर्वे vs फ्रान्स – राति १२:४५ बजे
सेनेगल vs इराक – राति १२:४५ बजे
उरुग्वे vs स्पेन – बिहान ५:४५ बजे
केप भर्डे vs साउदी अरेबिया – बिहान ५:४५ बजे
न्युजिल्यान्ड vs बेल्जियम – बिहान ८:४५ बजे
इजिप्ट vs इरान – बिहान ८:४५ बजे




















