धरानको सामुदायिक वनमा लुकाइएको १२० केजी गाँजा बरामद

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १३ गते।

धराने मिडिया :  जिल्ला सुनसरी धरान उपमहानगरपालिका-२० च्यानडाँडा सिरान सामुदायिक वनभित्र बेवारिसे अवस्थामा लुकाइराखिएको १२० केजी गाँजा बरामद गरिएको छ।

शुक्रबार साँझ करिब १७:२० बजे विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले जंगलभित्र कालो प्लास्टिकमा प्याक गरिएको चारवटा पोका फेला पारी तौल गर्दा १२० केजी गाँजा बरामद गरेको हो।

बरामद गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखिर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर