लुकाई छिपाई राखेको अवस्थामा ६२२ किलो ३०० ग्राम गाँजा बरामद

समाचारदाता : गोपाल पौडेल

भोजपुर, २०८३ वैशाख २२ गते

धराने मिडिया : भोजपुरको आमचोक गाउँपालिका-८ स्थितबाट ६ सय २२ किलो ३०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

वैशाख २० गते आमचोक गाउँपालिका-८ स्थितमा लागू औषध गाँजाको ओसार पसार तथा बिक्री वितरण भईरहेको भन्ने विषेश सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले सोही स्थानका राम बहादुर श्रेष्ठको जग्गामा रहेको टहरामा ३८ वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ६२२ किलो ३०० ग्राम गाँजा र १८ किलो ३३४ ग्राम गाँजाको भुस बरामद गरेको हो।

गाँजा ओसार पसार तथा बिक्री वितरणमा संलग्न व्यक्तिहरुको खोजिकार्य तथा थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर