धरानको एक क्याफेबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जना पक्राउ
समाचारदाता : गोपाल पौडेल
सुनसरी, २०८३ वैशाख १६ गते
धराने मिडिया : सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट अनलाईन जुवा खेल्ने र खेलाउने कार्यमा सलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वैशाख १४ गते राती बिशेष सुचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको PIT समुह र वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान-१३ स्थित रहेको क्याफेमा अनलाईन जुवा (1Xbet) खेल्ने र खेलाउने कार्यमा संलग्न धरान- १३ का ४६ बर्षीय हेमन राई, २७ बर्षीय योगेश लिम्बु, २९ बर्षीय मिलन लिम्बु, ३१ बर्षीय शुसान्त घिमिरे, ४२ बर्षीय कुमार तामाङ, ४० बर्षीय विवेक थापा, धरान- १ का ३३ बर्षीय सुजित साह धरान-१६ का ४१ बर्षीय अशोक लिम्बु, धरान- १५ का ३५ बर्षीय भवानी दाहाल र धरान- १७ का ३१ बर्षीय प्रज्वल राईलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले विभिन्न कम्पनीको १५ थान मोवाईल बरामद गरेको छ । पक्राउ परेका उनिहरुको सट्टेवाजी गर्न नहुने कसुरमा आवश्यक कानूनी कारवाही तथा थप अनुसन्धान भईरहेको छ ।
श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर




















