धरान-५ स्थितबाट प्रतिबन्धित लागू औषध सहित २ जना पक्राउ

समाचारदाता : गोपाल पौडेल

२०८३ वैशाख २५ गते

धराने मिडिया : सुनसरीको धरान- ५ स्थितबाट प्रतिबन्धित लागू औषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २२ गते राती विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी देउराली र श्यामचोकबाट खटिएको प्रहरी टोलीले ट्रामाडोल १२०० क्याप्सुल र स्पास्पेन १३५० ट्याब्लेट सहित बेचबिखानमा संलग्न सोहि स्थानका हरी बहादुर विश्वकर्मा सहित २ जनालाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

श्रोत : कोशी प्रदेश प्रहरी कार्यालय, बिराटनगर