विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक जित, दक्षिण अफ्रिकालाई १–० ले हराउँदै अन्तिम १६ मा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १५ गते।
धराने मिडिया : उत्तर अमेरिकामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरण (अन्तिम ३२) को पहिलो खेलमा आयोजक राष्ट्र क्यानडाले दक्षिण अफ्रिकामाथि १–० को रोमाञ्चक जित निकाल्दै पहिलो पटक विश्वकपको अन्तिम १६ (राउण्ड अफ १६) मा स्थान सुरक्षित गरेको छ। खेलको निर्णय इन्जुरी समयमा भएको गोलले गरेको थियो।
यो जितसँगै क्यानडाले पुरुष विश्वकप इतिहासमा पहिलो पटक नकआउट चरण पार गर्दै अन्तिम १६ मा स्थान बनाएको हो। सन् २०२२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको क्यानडाका लागि यो उपलब्धि ऐतिहासिक मानिएको छ।
क्यानडाले अब अन्तिम १६ मा नेदरल्यान्ड्स र मोरक्कोबीच हुने अन्तिम ३२ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को अर्को खेलमा ब्राजिल र जापान आमनेसामने हुनेछन्। उक्त खेल आज राति हुनेछ। त्यसपछि जर्मनी र पाराग्वे बीच अर्को नकआउट खेल हुनेछ।





















