विश्वकप २०२६ : फ्रान्सको एकतर्फी जित, स्वीडेनलाई ३–० ले हराउँदै अन्तिम १६ मा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार १७ गते।
धराने मिडिया : विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा फ्रान्सले स्वीडेनलाई ३–० गोलले पराजित गर्दै प्रभावशाली शैलीमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। न्यूयोर्क–न्युजर्सी स्टेडियममा सम्पन्न खेलमा कप्तान किलियन एम्बाप्पेले दुई गोल गरे भने ब्राड्ली बार्कोलाले एक गोल थप्दै फ्रान्सलाई सहज जित दिलाए।
एम्बाप्पे प्रतियोगिताभर उत्कृष्ट लयमा रहेका छन्। यस खेलसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या अझ बढाउँदै फ्रान्सलाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेका छन्।
यस जितसँगै फ्रान्सले अन्तिम १६ मा स्थान बनाएको छ। अब फ्रान्सले पाराग्वेसँग जुलाई ५ (नेपाली समय अनुसार बिहान २:४५ बजे) फिलाडेल्फियामा हुने खेलमा प्रतिस्पर्धा गर्नेछ।
विश्वकप २०२६ अन्तर्गत अर्को राउन्ड अफ ३२ को खेलमा इङ्ग्ल्यान्ड र डीआर कङ्गोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल आज राति ९:४५ बजे (नेपाली समय) अमेरिकाको एटलान्टा स्टेडियममा हुनेछ।





















