पेट्रोल, डिजेल र ग्यासको मूल्यमा भारी गिरावट

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १७ गते।

धराने मिडिया : नेपाल आयल निगम लिमिटेडले मंगलबार रातीबाट लागू हुने गरी पेट्रोल २० डिजेल तथा मट्टितेल ३०, खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १०० रुपैयाँ र हवाइ इन्धन ४० रुपैयाँ प्रतिलिटर घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएसँगै निगमको सञ्चालक समिति बैठकले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटका कारण नेपालमा पनि इन्धनको मूल्य समायोजन गरिएको निगमले जनाएको छ। यसअघि मूल्य वृद्धिका कारण बजारमा महँगी र यातायात खर्च बढेको भन्दै सर्वसाधारण तथा विभिन्न क्षेत्रबाट मूल्य घटाउन दबाब सिर्जना भइरहेको थियो।733771435_1066148419073953_3950007364189502166_n