विश्वकप २०२६ : अल्जेरियालाई २–० ले हराउँदै स्वीट्जरल्याण्ड अन्तिम १६ मा प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८३ असार १९ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को खेलमा स्वीट्जरल्याण्डले अल्जेरियामाथि २–० को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा सम्पन्न खेलमा स्वीट्जरल्याण्डले सुरुदेखि नै संगठित र प्रभावशाली प्रदर्शन गर्दै जित हात पारेको हो।

यो जितसँगै प्रतियोगिताभर अपराजित रहेको स्वीट्जरल्याण्डले अन्तिम १६ मा स्थान बनाएको छ भने अल्जेरियाको विश्वकप यात्रा यही चरणमा समाप्त भएको छ।

स्वीट्जरल्याण्डले अब अन्तिम १६ मा कोलम्बिया र घानाबीच हुने राउन्ड अफ ३२ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलपछि स्वीट्जरल्याण्डको प्रतिद्वन्द्वी टुंगो लाग्नेछ।

प्रतियोगिताका आगामी खेल (नेपाली समय अनुसार)

अष्ट्रेलिया vs इजिप्ट — आज राति ११:४५ बजे

अर्जेन्टिना vs केप भर्डे — भोलि बिहान ३:४५ बजे

कोलम्बिया vs घाना — भोलि बिहान ७:१५ बजे