विश्वकप २०२६ : ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक क्वार्टरफाइनलमा

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २२ गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहास रचेको छ। यस जितसँगै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो।

यो हारसँगै ब्राजिलको छैटौं विश्वकप उपाधि जित्ने सपना समाप्त भएको छ भने नर्वेले विश्व फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक हासिल गरेको छ।

नर्वेले क्वार्टरफाइनलमा मेक्सिको र इंग्ल्यान्डबीचको अन्तिम १६ विजेतासँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेल मौसमका कारण केही समय ढिलो सुरु गरिएको थियो।

विश्वकप २०२६ अन्तर्गत अब हुने अन्तिम १६ को अर्को खेलमा पोर्चुगल र स्पेन आमनेसामने हुनेछन्। यो खेल असार २३ गते (जुलाई ७) राति १२:४५ बजे (नेपाली समय) ह्युस्टन स्टेडियममा हुनेछ।

Fifa Worldcup 2026