विश्वकप २०२६ : घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा प्रवेश, अब स्विट्जरल्यान्डसँग भिड्ने

समाचारदाता : गोपाल पौडेल

२०८३ असार २० गते।

धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अमेरिकाको क्यान्सस सिटीस्थित एरोहेड स्टेडियममा शुक्रबार राति (स्थानीय समय) सम्पन्न प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाले दोस्रो हाफमा गरेको एकमात्र गोल नै निर्णायक बन्यो।

कोलम्बियाले समूह चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नकआउटमा प्रवेश गरेको थियो भने घाना उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीका रूपमा अन्तिम ३२ मा पुगेको थियो। दुवै टोलीबीच विश्वकप इतिहासमा यो पहिलो भेट थियो।

यस जितसँगै कोलम्बियाले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएको छ। स्विट्जरल्यान्डले यसअघि अल्जेरियालाई २–० ले हराएर अन्तिम १६ मा स्थान बनाएको थियो। यो खेल जुलाई ७ मा क्यानडाको भ्यानकुभरमा हुनेछ।

विश्वकप २०२६ अन्तर्गत अब राउन्ड अफ १६ का खेलहरू सुरु हुँदैछन्।

क्यानडा बनाम मोरक्को – जुलाई ५, राति १०:४५ बजे (नेपाली समय)

पाराग्वे बनाम फ्रान्स – जुलाई ६, बिहान २:४५ बजे (नेपाली समय)