विश्वकप २०२६ : फ्रान्सको संघर्षपूर्ण जित, पाराग्वेलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश
समाचारदाता : गोपाल पौडेल
२०८३ असार २१ गते।
धराने मिडिया : फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को खेलमा फ्रान्सले पाराग्वेलाई १–० गोलले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ। अमेरिकाको फिलाडेल्फियामा शनिबार राति सम्पन्न खेलमा कप्तान किलियन एम्बाप्पेको दोस्रो हाफमा गरेको एकमात्र गोल नै फ्रान्सको जितका लागि पर्याप्त बन्यो।
यस जितसँगै फ्रान्सले क्वार्टरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोले यसअघि क्यानडालाई ३–० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। क्वार्टरफाइनलको यो खेल जुलाई ९ मा अमेरिकाको फक्सबरोमा हुनेछ।
विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ का आगामी खेलहरू:
ब्राजिल vs नर्वे – आइतबार (असार २१) राति १:४५ बजे
मेक्सिको vs इंग्ल्याण्ड – आइतबार (असार २१) बिहान ५:४५ बजे





















