धरानको एभेरेष्ट चिल्ड्रेन होम र सिद्धार्थ शिशु सदन फाइनलमा प्रवेश

समाचारदाता : गोपाल पौडेल

२०८३ जेठ २४ गते।

धराने मिडिया : ब्रदर्श अनलाइन मिडिया हबद्वारा आयोजित ब्रेन ब्याटल धरान सिजन-१ को पहिलो दिन धरानका विभिन्न विद्यालयहरुलाई पछिपार्दै एभरेष्ट चिल्ड्रेन होम र सिद्धार्थ शिशु सदन फाइनलमा प्रवेश गरेका छन ।

धरान-८ स्थित शहीद स्मृति माविको सभाहलमा आयोजित हाजिरी जवाफ प्रतियोगिताको चार चरणमा कुल ७० अङ्क प्राप्त गर्दै एभेरेष्ट चिल्ड्रेन होम र ११० अङ्क बटुल्दै सिद्धार्थ शिशु सदन फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा सुनसरीका २० विद्यालय सहभागी छन् । धरानबाट सञ्चालित ब्रदर्श अनलाइन मिडिया हबले विद्यालयस्तरीय ब्रेन ब्याटल हाजिरी जवाफ प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको हो ।

‘ब्रेन ब्याटल’ (सिजन-१) हाजिरीजवाफ प्रतियोगिताले  शैक्षिक र बौद्धिक विकासलाई टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको मिडिया हबका अध्यक्ष विरेन्द्र थापाले बताए । छायाङ्कनसहितको प्रतियोगिताको प्रसारण बिटिभीनेपालको अफिसियल युट्युब र फेसबुक च्यानलबाट प्रसारण गरिने छ ।