धरानको छाता चोक छेउ विशाल आग्लागी

समाचारदाता : गोपाल पौडेल

धराने मिडिया : धरान स्थित छाता चोक छेउ शनिवार राति करिब ७ बजे विशाल आगलागी भएको छ ।

धरान-१२ गिता मन्दिरको बाटो पारि मल्ल रेडियो सर्विस अगाडिको घरमा आगलागी भएको हो। आगलागी नियंत्रणको लागि घरान उपमहानगरपालिकाको सम्पुर्ण बरुण यन्त्र (दमकल) खटिएका छन ।

आगो नियंत्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी सहयोग गरेका थिए।  

त्यस्तै गरि सहयोगका लागि भारतिय पेन्सन पेयिङ अफिस धरानका सुरक्षा इन्चाज सि.बि राईको नेतृत्वमा नेपाल आर्मि र सुरक्षा फ्रोसको पनि सहभागी रहेको थियो ।

स्थानियको जानकारी अनुसार विजुली सर्ट सर्केट भएर आगलागी भएको भनिएको छ।

जानकारी पाए अनुसार यस आगलागीमा कुनै पनि मानविय क्षेति भएको छैन र घटनामा कति क्षेति भो भन्ने यकिन तथ्याङ्क अहिले सम्म आएको छैन । 

घटना बारे थप विवरण आउनु बाकी रहेको छ । 

da0b0b6e-5e82-42d3-94b5-cd903adbc5b2

594d8bb3-90c0-4959-9536-9a035ee3ed3e