धरानको समानता एकेडेमी "विशेषता देखि सुविधासम्म"
धरान : समानता एकेडेमी वि.स. २०७२ सालमा स्थापना भई हाल कक्षा ६ सम्मको अध्ययन अनुमति पाई धरान–१५, सुनसरीमा सञ्चालन भइरहेको छ । विद्यालयले बालमैत्री कक्षाहरु शान्त एवं पारिवारिक वातावरणमा सञ्चालन गरिरहेको छ । विद्यालयको मुख्य उद्देश्य भनेको नानी बाबहुरुको पढाईलाई केन्द्रित गरी जग बसाईदिने हो । यसका अलावा विद्यालयमा मन्टेश्वरी पद्धतिबाट गराइने शैक्षिक क्रियाकलापबाट नानी बाबहुरुको सर्वाङ्गीण विकासका लागि टेवा पुर्याउदछ ।
विद्यालयमा हुने Theme Base Learning विधिबाट बालबालिकाले पढेका कुराहरुको Real Practice गराउनुका साथै अवलोकन पनि गराइन्छ । यस समयमा नानी बाबुहरुलाई कक्षामा पढेका कुराहरु प्राकृतिक र भौतिक रुपमा चिनाउनका लागि Outing को पनि व्यवस्था रहेको छ ।
हाम्रो विशेषताहरुः
* स्वास्थ्य बद्धर्क खाना/खाजाको व्यवस्था
* निशुल्क स्वास्थ्य परिक्षण
* म्यिुजिक कक्षा/नृत्य कक्षा
* प्रयाप्त खेलौनाहरुको व्यवस्था
* एउटा कक्षामा २० जनामात्र राखिने
* महत्वपुर्ण विदा बाहके धेरै विदा नदिइने
* मन्टेश्वरी तालिम प्राप्त अनुभवि दक्ष शिक्षिकाहरु भएको
* Project Work
* Three term class Test and three term evaluation system
* चिसो/तातोपानीको व्यवस्था
* विद्यालयले गरिब जेहन्दार बालबालिकाका लागि छात्रवृतिको व्यवस्था गर्नुको साथै सामाजिक उत्तरदायित्व बहन गर्ने
शिलशिलामा रक्तदान कार्यक्रम, खुल्ला स्वास्थ्य शिविर, कपडा बैंकलाई कपडा हस्तान्तरण, मानवसेवा आश्रममा
भोजनका लागि सहयोग आदि जस्ता कार्य गरिरहेको छ ।
अरु भन्दा हामी फरक छौः
यस क्षेत्रमा सञ्चालन भएका विद्यालयहरु भन्दा हामी फरक छौ भन्ने हाम्रो ठम्म्याइ छ । शैक्षिक सत्र सुरु हनु पुर्व हामीले शिक्षक, शिक्षिकालाई तालिम प्रदान गर्ने गरेका छौ । ताकि अघिल्लो शैक्षिक सत्रमा टिचरले गरेका कमी कमजोरी पनि सच्याउन पाउँदछन् ।
अघिल्लो शैक्षिक शत्रमा भएका कमजोरीलाई सच्याएर विद्यालयले पनि हरके बर्ष आफुलाई अझै परस्किृत गर्दै आएको छ । जसका कारण समानता एकेडेमी अरु भन्दा फरक छ । त्यसैगरी हाम्रो विद्यालयमा कार्यरत शिक्षक, शिक्षिकाले बीचैमा स्कलु छोड्न पाउँदैनन्, किनकी हामीले त्यसै अनुसारको सहमति गरेका हुन्छौ । त्यसले विद्यार्थीलाई असर पनि पर्दैन । शिक्षाको गुणस्तर कायम राख्नका लागि हामीले बार्षिक पाठ्यक्रम बनाएर शिक्षण गतिविधि सञ्चालन गर्दै आएका छौ । त्यसैले कक्षा रोकिने वा के गर्ने भन्ने अन्यौलता पनि हुँदैन ।
हामीले विद्यार्थीको खानपानमा पनि ध्यान दिनेगरेका छौ । बालबालिकालाई जंक फुड पुर्णरुपमा प्रतिबन्ध गरिएको छ । जन्मदिनमा पनि केक नकाटेर वृक्षारापेण गराउने गरेका छौ । स्कुलमा तयार पारिने खाजा पनि पुर्ण रुपमा हाइजनिक हुन्छ । त्यसैले बालबालिका पनि स्वस्थ र फुर्तिला हुन्छन् । प्लेग्रुप र नर्सरी कक्षामा एक जना शिक्षिका र एक जना सहयोगी राखेका छौ । विद्यालयकै अग्रसरता र अभिभावकको रोहबरमा हामीले विद्यालयमा नै बालबालिकाको स्वास्थ्य परिक्षण पनि गर्नेगरेका छौ । त्यसले अभिभावकलाई अस्पताल धाई राख्नु पर्ने समस्या पनि हटेको छ । त्यसका साथै हामीले समय समयमा स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छौ । अभिभावक सगँ पनि हामीले विभिन्न क्रियाकलाप सञ्चालन गरी उहाँहरुलाई विद्यालयमा ल्याउने गरेका छौ ।
समानता एकेडेमीमा के कस्ता सुविधा छन् –
बालबालिकालाई समय अनुसारको वातावरण सिर्जना गरी उनीहरुले चाहे अनुसार खेल्ने वातावरण हाम्रो विद्यालयमा रहेको छ । बालिबालिकालाई स्कुल आउन जान आरामदायी भ्यानको व्यवस्था छ । स्कुलमा राखिएका खेल सामाग्रीका कारण बालबालिकालाई कुनै बोरिङ भएको पाइदैन । त्यसबाहेक बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै योग कार्यक्रम सञ्चालन गर्नेगरेका छौ ।
मासिक रुपमा बालबालिकालाई बाह्य वातावरणमा घुमाउनेगरेका छौ । त्यसले बालिबालिकाले बाह्य वातावरणका बारेमा पनि जानकारी पाउने र बाहिर दखेको कुरा व्यवहारमा उतार्ने प्रयत्न गर्नेगरेका छन् । त्यसका अलावा विद्यालय भित्र बालबालिकाको इच्छा अनुसारकै खेल सामाग्री उपलब्ध गराएका छौ । विद्यालयमा कार्यरत सबै शिक्षिकाहरु पनि मन्टेश्वरीतालिम प्राप्त र अनुभवी छन् ।
विद्यालयमा बाल मैत्री वातावरण भएकोले बालबालिकालाई सहज हुने पुर्वधार तयार गरेका छौ । त्यसले पनि बालबालिकामा हौसला थपिनेगरेको छ । त्यसैगरी बालबालिकालाई उनीहरुको मनोविज्ञान अनुसार सिकाईमा जोड्ने गरेका छौ । कसैले दृश्य सामाग्रीका माध्यमबाट बढी सिक्ने गर्दछन् भने कसैलाई श्रव्य सामाग्रीमा चासो हुन्छ । त्यसैले हामीले बालबालिकाको मनोविज्ञान अनुसारको सिकाई माध्यमहरुको व्यवस्था गरेका छौ ।
समानता एकेडेमीलाई नै किन छान्ने अभिभावकले–
समानता एकेडेमीमा अनुभवी र मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरु रहेका छन् । बालबालिकालाई शिक्षक भन्दा शिक्षिकाले बढी स्याहार गर्न सक्ने हुन्छन् । त्यसैले हामीले सवै शिक्षिका राखेका छौं ।
उनीहरु अनुभवी र तालिम प्राप्त छन् । यस क्षेत्रमा नै समानता एकेडेमी प्राइमेरी तहको एउटा नमुना विद्यालय हो । त्यसगैरी हाम्रो विद्यालयमा मन्टेश्वरी शिक्षण पद्धतिका लागि आवश्यक पर्ने सबै शैक्षिक सामाग्री उपलब्ध छन् । बालबालिकाका लागि खेल सामाग्रीको प्रयाप्त व्यवस्था रहेको छ । विद्यार्थीलाई यातायात सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था रहेको छ । त्यसका अलावा हाम्रो विद्यालयमा बालबालिकालाई स्वस्थकर खानेकुरा उपलब्ध गराउँदै उनीहरुको स्वास्थ्यलाई पनि विशेष ख्याल गरिएको हुन्छ । स्वच्छ पिउने पानी, ताजा फलफलु र हाइजनिक एवं स्वस्थकर खाजा खुवाउने गरेका छौ । अहिले सम्म सबै अभिभावक सन्तुष्ट हनु हुन्छ । हामीले शैक्षिक विकासका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएका छौ ।
अन्तमा अभिभावकहरुले बुझ्नु पर्ने कुराहरुः
समानता एकेडेमी धरान शिक्षणको एउटा यस्तो माध्यम हो जहाँ गिलो माटो जस्तै कुनै आकार नलागि सकेका बालबालिकालाई एउटा सहि दिशा निदर्शे गर्नका लागि उपयुक्त शिक्षण विधि अवलम्बन गरिन्छ । बालबालिकालाई दवावमा नभई उनीहरुको चाहनाका आधारमा शिक्षण गरिने भएका कारण हाम्रो पद्धतिले बालबालिकालाई सहज रुपमा वृहत शिक्षा प्रदान गर्न सक्छ ।
शिक्षासँगै बालबालिकालाई समाजिक क्षेत्रकोरुपमा पनि जिम्मेवार बनाइने गरिन्छ । अहिले धेरै अभिाकहरुले आफ्ना नानीहरुलाई जति सक्दो राम्रो स्कुलमा भर्ना गर्न चाहिरहेका हुन्छन् । तर म अभिभाकलाई के भन्न चाहन्छु भने तपाईहरु कसैले कुरा गरेकै भरमा मात्रै आफ्ना नानीहरुलाई भर्ना नगर्नुहोला । एक पटक सबै स्कुलको बारेमा राम्ररी बुझ्नुहोला ।
छोरा छोरीका लागि कस्तो विद्यालय छान्ने भन्ने अलमल प्राय अभिभावकमा देखिन्छ । विद्यालय छनौटको विकल्प नै नभएको ग्रामीण क्षेत्रको नभई बहु–विकल्पको अवस्था रहेका शहरी क्षेत्रका अभिभावक सामु यो समस्या देखिन्छ । आफ्ना सन्तानले गुणस्तरिय र सस्ंकारयुक्त शिक्षा हासिल गर्नपाउन भन्ने चाहना अभिभावकहरुमा हुनु स्वभाविक हो । शहरी क्षेत्रमा असरल्ल खुलेका विद्यालयहरुको बाह्य हाइफाई र तडकभडकले अभिभावकहरुमा अलमलको अवस्था सिर्जना गरिदिएको छ । यस क्षेत्रमा पनि विद्यालय शिक्षा प्रदान गर्ने शैक्षिक सस्थाको सङ्ख्या बढी रहेको छ । विकल्प धेरै भएका कारणले विशष्ो गरी यस शहरमा मध्यम वर्गका अभिभावकहरु आफ्नो नानहिरुको लागि उचित शिक्षाका लागि विद्यालय छनौटमा बढी अलमल भएको देखिन्छ ।
प्रारम्भिक शिक्षाको लागि सबै भन्दा बढी उपयुक्त पारदर्शि शैक्षिक वातावरण साथै कम विद्यार्थी सङ्ख्या भएको विद्यालयको छनौट एक उपयुक्त आधार हुन्छ जस्तो लाग्छ । विद्यालयका शिक्षकहरु एउटा शैक्षिक सत्र पनि पुरा नगरी नै छोड्ने अवस्थाले पनि बालबालिका शिक्षकहरुसँग घुल मिल हुने अवस्थाबाट बञ्चित हुनु पुग्छन् । शिक्षकहरु विद्यालय प्रति प्रतिबद्ध, पेशा प्रति समर्पित, सम्बन्धीत विषयमा निपुर्ण र तालिम प्राप्त नभएमा विद्यार्थीहरु गुणस्तरिय शिक्षा र सस्कार सिक्नबाट बञ्चित हुन पुग्छन् ।
त्यसैले विद्यालय छनौटमा विद्यालयको स्थायित्व र शिक्षकको स्थायित्व तथा गुणस्तरको स्तर ख्याल गर्नु अभिभावकहरुको पहिलो दायित्व हो । यी कुराहरुले विद्यालयको शैक्षिक गुणस्तर बचाउन र बढाउन अहम भुमिका खेल्ने हुनाले यसमा अभिभावकहरुको विहङ्गंम दृष्टि पुग्न जरुरी हुन्छ । बालबालिकाहरुको सिकाईमा सम्बन्धीत विद्यालयको शैक्षिक वातावरणले ठुलो भुमिका खेलेको हुन्छ ।
विद्यालयको वातावरण बालमैत्री छ की छैन ? त्यहाँ बाल मनोविज्ञानलाई कत्तिको ध्यान दिइएको छ ? बालमैत्री शैक्षिक सामाग्री छ की छनै ? प्रतिभाको प्रष्फुटन गराउने खालका अतिरिक्त क्रियाकलापलाई कति महत्व दिइएको छ ? सरसफाई र सस्कारगत ज्ञानमा कतिको ध्यान दिइएको छ ? भौतिक सरंचना, खुल्ला ठाउँ, पारदर्शिताको अवस्था कस्तो रहेको छ ? आदी जस्ता कुराहरुमा विद्यालय छनौटको सन्दर्भमा विचारणीय हुन्छ । यसका साथै अभिभावक विद्यार्थी र शिक्षकका बीचमा निरन्तर अन्तरक्रिया हुन्छ वा हुँदैन र अभिभावकका गुनासा र जिज्ञासालाई विद्यालयले कुन रुपमा लिने गरेको छ ? जस्ता पक्षमा पनि विचार पु¥याउनुपर्छ ।
विद्यालयको छनौट गर्दा आफ्ना ननीहरुको स्वभाव र रुचिको पनि ख्याल गर्नु उत्तिकै जरुरी हुन्छ । बालबालिकाको लागि कम विद्यार्थी सङ्ख्या र शान्त वातावरण भएको विद्यालय छनौट गर्नु राम्रो हुन्छ । यस्तो विद्यालय छनौट गर्न सक्नु भयो भने कम विद्यार्थी हुँदा त्यहाँको शिक्षक तथा शिक्षिकाले हरेक विद्यार्थीहरुलाई सामाजिक, संस्कारिक तथा शैक्षिक क्षेत्रमा भएको सबै कमी कमजोरीहरुलाई मुल्याङ्क गरि सोहि अनुसारको दिशा निर्देशन गर्न सक्छ । कतिपय अभिभावकहरुले नाम चलेका र महङ्गा विद्यालयमा आफ्ना नानीहरुको भर्ना गर्नुलाई सान र गौरवको विषय ठान्ने गरेका हुन सक्छन् । तर नाम चलेका विद्यालयहरु भित्रै पनि नदेखिने खालका लुकेका समस्याहरु हुदैन भन्दा गलत नहोला ।
त्यसेलै शुल्कलाई नभई शैक्षिक वातावरणको पक्षलाई नै विद्यालय छनौटको आधार बनाउनु उपयक्तु हुन्छ । किनकी स्कुलको भौतिक सरंचना चिटिक्क् पारेको छ भन्दैमा स्कुलको सबै कुरा राम्रो हुँदैन । विद्यालयमा शिक्षाको गुणस्तर कस्तो छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
अमित थापा
प्रिन्सिपल
समानता एकेडेमी धरान—१५, सुनसरी