याक्थुङ चलचित्रकर्मी संघ नेपालको बनभोज कार्यक्रम सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ कार्तिक ३० गते ।
धराने मिडिया :याक्थुङ चलचित्रकर्मी संघ नेपालको बनभोज कार्यक्रम सम्पन्न भएको छ।
बनभोज कार्यक्रम कार्तिक २९ गते बराहक्षेत्र नगरपालिका स्थित अमाह सिमसार्मा बिहान ८ बजे देखि साझ ५ बजेसम्म आयोजना गरिएको थियो।
कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका वरिष्ठ उपाध्यक्ष दिलु सुब्बा, सल्लाकार विजय सङ्योक सुब्बा, बुजेल चलचित्रकर्मी संघका केन्द्रिय अध्यक्ष सुरेन्द्र बुजेल, समाजसेवी शशी थापा सुब्बा, कलाकार नुमा नियोङ लिम्बु, चलचित्र निर्माता नवीन पराजुली, लगएत बिसिष्ट ब्यत्तीहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा याक्थुङ चलचित्रकर्मी संघ नेपालका अध्यक्ष नविन मेन्याङ्बोले सम्पुर्ण उपस्थित अतिथि स्वागत तथा शुभकामना व्यक्त गरेका थिए। मन्तव्यको क्रममा उनले यस संस्थाले लामो समय देखि निरन्तर विभिन्न कार्यक्रम आयोजना गर्दै आएको बताएका थिए र यस बनभोज कार्यक्रमको सम्पुर्णलाई रमाइलो लिन पनि आग्रह गरेका थिए।
बनभोज कार्यक्रममा लारिङगेक नाम्लिङगेक (देउसी-भैलो)मा सहभागी हुने कलाकारलाई कदर तथा धन्यवाद पत्र वितरण गरिएको थिए। साथै कार्यक्रमको अन्त्यमामा लिम्बु जातिको चर्चित नित्य धान नाच पनि प्रस्तु गरिएको थियो।
संस्थाले २०८२ सालको लारिङगेक नाम्लिङगेक (देउसी-भैलो)कार्यक्रमबाट सङ्कलन भएको रकमबाट यस वर्षको बनभोज कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रम याक्थुङ चलचित्रकर्मी संघ नेपालका महासचिव तथा कलाकार उदय सुब्बा कुरुम्बाङले संचालन गरेका थिए।
























