आत्मरञ्जन कपकाे उपाधि गाेल्डेनगेटलाई
समाचारदाता : सुर्य कुमार सुनुवार
२०८२ मङ्सिर ०१ गते ।
धराने मिडिया :प्रथम आत्मरञ्जन कपकाे उपाधि गाेल्डेन गेट ईन्टरनेश्नल कलेजले चुमेकाे छ । कार्तिक ३० गते फाईनल खेलमा गाेल्डेन गेटले टाईम्स क्लबलाई ७१ का विरुद्ध ८० स्काेर गर्दै उपाधि चुमेकाे हाे ।
पहिलाे क्वाटर १२-१२ स्काेरका बराबरीमा सकिदा दाेश्राे क्वाटर गाेल्डेन गेटले २३ स्काेर गरेर टाईम्सलाई २२ स्काेरमा राेककि १ स्काेरकाे झिनाे अन्तर बनाएको थियो।
तेस्राे क्वाटर पनि १४-१५ हुँदै गाेल्डेन गेटले आफ्नाे पक्षमा पार्याे । चाैथाे क्वाटरमा टाईम्स क्लबका दुई खेलाडी फल आउट हुदा गाेल्डे गेटले २३-३० काे सहज अन्तर सहित प्रथम संस्करणकाे आत्मरञ्जन रनिङ कप २०८२ काे विजेता बनेकाे हाे।


प्रतियोगिताकाे फाईनल खेलमा व्यक्तिगत २७ स्काेर गरेका गाेल्डेन गेटका निकेश मगर म्यान अफ द म्याच घाेषित हुँदै नगद रू २००० प्राप्त गरे । प्रतियोगिताभर ६६ स्काेर गरेका टाईम्स क्लबका मनिष केसी हाई स्काेरर हुँदै नगद रु १०००० र ट्रफी हात पारे ।
प्रतियाेगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका गाेल्डेन गेटका सुजन महर्जन माेष्ट भ्याल्युएवल प्लेयर घाेषित हुँदै ट्रफि र नगद रु १५००० प्राप्त गरे ।
विजेता गाेल्डेन गेटलाई नगद रु दुई लाख, ट्रफी, मेडल र प्रमाण पत्र गायक जाेन चाम्लिङ राई, आत्मरञ्जनका सिईओ कबिन मगरले संयुक्त रुपमा वितरण गरे ।
उपविजेता टाईम्सलाई वि.व्य.स. अध्यक्ष मदन राई र हराईजन क्लबका अध्यक्ष श्रीभक्त राईले संयुक्त रुपमा नगद रु एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
डि.टाउनद्वारा आयाेजित यस प्रतियाेगितामा धरान, ईटहरी लगायत काठमाण्डाै उपत्यकाका गरि ८ टाेलीकाे सहभागिता रहेकाे थियाे । प्रतियोगिता धरान १७ स्थित हराईजन खेल मैदानमा सञ्चालन भएकाे थियाे ।




















