विद्यार्थी बोकेर गएको बस दुर्घटनामा पर्दा ११ जना घाइते
समाचारदाता : गोपाल पौडेल
२०८२ मङ्सिर ०५ गते ।
धराने मिडिया : पाल्पाको रानीमहल घुम्नका लागि विद्यार्थी बोकेर गएको बस शुक्रबार विहान दुर्घटनामा पर्दा ११ जना घाइते भएका छन्।
शैक्षिक भ्रमणमा दाङबाट आएका विद्यार्थी रानीमहल जाने क्रममा दुर्घटनामा परेका हुन् ।
दाङको राजपुरस्थित साधारण नमुना मा.वि.को भ्रमण टोली सवार बस आफैं अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार घाइते सबैलाई तानसेनस्थित युनाइटेड मिसन अस्पताल पुर्याइएको छ । उनीहरूको अवस्था सामान्य छ ।



















