ताप्लेजुङको तेम्बेवा बजारमा आगलागी, करोडौँको क्षति

समाचारदाता : गोपाल पौडेल

२०८२ मङ्सिर ०३ गते ।

धराने मिडिया : मिक्वाखोला गाउँपालिका–४ साँवाको तेम्बेवा बजारमा आगलागी हुँदा करोडौँको क्षति भएको छ। उक्त आगलागीमा चार घर पूर्ण रूपमा जलेका छन् ।

आगलागीमा ५० देखि ६० मनको हाराहारीमा अलैँचीका बोरा क्षति भएको अनुमान गरिएको छ भने अहिले अलैँची प्रतिमन एक लाखको हाराहारीमा मूल्य रहेकोले करोडौँ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

स्थानियका अनुसार मंगलबार बेलुका १०:३० बजेतिर रोकी राखेको मोटरसाइकलमा अचानक आगलागी भएको र त्यसलाई देखेका स्थानीय युवाले नालीतिर पल्टाउन खोज्दा घरतिर पल्टिएपछि त्यसैबाट आगलागी सुरु भएको बताएका छन। 

आगलागीबाट राजकुमार साँवा, इन्द्रकुमार साँवा, विष्णु साँवा र अनिल साँवाको घर जलेको हो ।