मिसेस धरान आइकोन एण्ड मिस धरान सुपर आइकोनको ट्यालेट शो सम्पन्न
समाचारदाता : गोपाल पौडेल
२०८२ मङ्सिर ०१ गते ।
धराने मिडिया : एल.एन.सि मोडेल एजेन्सी प्रा.लि द्वारा आयोजित मिसेस धरान आइकोन सिजन -२ एण्ड मिस धरान सुपर आइकोन सिजन-१ को ट्यालेट शो सम्पन्न भएको छ।
कार्यक्रम कार्तिक ३० गते आइतबार धरान-९ बगैँचा चोक स्थित होटेल रत्न इनमा सम्पन्न भएको थियो ।
ट्यालेन्ट राउडमा सहभागि २७ जना प्रतिश्पर्धिहरुले आफुमा भएको प्रतिभा निर्णायकहरु माझ प्रस्तुत गरेका थिए । सहभागि प्रतिश्पर्धिहरुले आफ्नो क्षमता अनुसार गायन, नृत्य तथा वत्तित्वकला प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा प्रतिश्पर्धिहरु मिसेस तर्फ विवाहित, डिभ्रोस र एक्कल महिलाको सहभागीता रहेको छ भने मिस तर्फ अविवाहित महिलाहरु सहभागीता रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि इलाका प्रहरी कार्यलय धरानका प्रमुख प्रहरी नायव उपरीक्षकले शुभकामना दिदै आयोजक टोलिलाई धन्यवाद दिएका थिए। यस्ता कार्यक्रमले महिलाहरुको क्षमता वृद्धि हुने उनले बताएका थिए।
त्यस्तै गरि कार्यक्रममा शुभकामना मन्तव्य दिदै एल एन सि मोडेल एजेन्सी प्रा.लि का सि.ई.ओ दिपक गिरिले उक्त कार्यक्रम समापन गरेका थिए।

कार्यक्रम दिपा गिलालले संचालन गरेका थिए भने निर्णायकमा लायोन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ सि् का एरिया चिफ एकता श्रेष्ठ, राष्टिय गायक राजु थापा, मिस सुनसरी एस इ इ २०२३ का अर्गनाइज चोइज विजेता रिया विश्वकर्मा, कलाकार सङ्गिता प्रधान र नित्य कोरियोग्राफर सानुराजा थेगिम रहेका थिए ।
उक्त कार्यक्रममा पहिलो भोटिङ स्टार मिस तर्फ नमुना लवती र मिसेस तर्फ निलिमा ट्र्यामोड विजेता घोषित भएका थिए।
प्रतियोगिताको ग्राण्ड फिनाले मङ्सिर १३ गते धरान-१८ स्थित विपि स्वास्था विज्ञान प्रतिष्ठानको दसेरा हलमा हुन गैइरहेको छ।























