भाेलिसम्म मात्र मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने

समाचारदाता : गोपाल पौडेल

२०८२ मङ्सिर ०४ गते ।

धराने मिडिया : फागुन २१ गतेका लागि सरकारले निर्वाचन तोकेको छ । त्यसका लागि निर्वाचन आयोगमा मतदाता नामावली दर्ता गराउन समय एक दिन मात्र बाँकी रहेको छ ।

कात्तिक ३० गतेसम्मको म्याद तोकिएकोमा आयोगले मतदाता नामावलीमा नाम दर्ता अवधि पाँच दिन थप गरिएको थियो।

आयोगका सहसविच तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नेपाली नागरिक भइसकेका तथा मतदानका लागि योग्य भइसकेका कोही पनि व्यक्ति मतदानको अधिकारबाट नछुटुन् भन्ने उद्देश्यका साथ नाम दर्ताको अवधि थप गरिएको छ ।

१६ वर्ष पुगेकादेखि वृद्ध-वृद्धासमेत लाइनमा बसेर नाम दर्ता गरिरहेका छन् ।