स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय राजदुतावास, काठमाण्डौद्वारा नृत्यान्जलीको भव्य प्रर्दशण

समाचारदाता : सि.बि राई

२०८१ भदौ ०२ गते

धराने मिडिया : मिती १७ अगष्ट २०२४ को साँझ भारतीय राजदुतावास पेन्शन वितरण कार्यलय धरानको संलग्नतामा भारतीय राजदुतावास स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले सिटि प्यालेस बिराटनगरमा नृत्यान्जलीको आयोजना गरिएको थियो । 

उक्त कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री माननिय श्री हिक्मत कुमार कार्कीज्युले पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।

पी पी ओ धरानको संलग्नतामा रहेको कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोशी प्रदेशका मुख्यमन्त्री माननीय श्री हिक्मत कुमार कार्कीज्यु रहनु भएको थियो ।

862361e0-cdf9-4f01-b2e8-012c2f394012

साथै बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला ज्यु, मोरङ्गका प्रमुख जिल्ला अधिकारी श्री पे्रम प्रसाद भट्टराई, कोशी प्रदेशका माननिय सभासद यसोदा कायस्थ, लगायत आमन्त्रित नेपाल सरकारका विशिष्ट श्रेणीका व्यक्तिहरु, नेपाल प्रहरी, नेपाली सेनाका प्रतिनिधि,  नेपाल भारत मैत्रीसंघका पदाधिकारीहरु, व्यपारी वर्ग, पी पी ओ  धरानका प्रभारी अधिकारी मेजर भरत कनोजिया लगायत सम्पुणर् कर्मचारीहरु साथै स्थानिय बुद्धिजिवीहरुको उपस्थिति थियोे।


कार्यक्रमको क्रममा बिराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला ज्युले नेपाल(भारतको सु(मधुर सम्बन्धबारे प्रकास पार्नुभयो । साथै पमुख अतिथि मुख्य मन्त्री माननीय श्री हिक्मत कुमार कार्कीज्युले आफनो मन्तव्य राख्नेक्रममामा भारतीय राजदूतावास साथै सम्पुणर् सहभागी कलाकारहरुलाई धन्यवाद दिनुभयो र यस प्रकारको आयोजित कार्यक्रमले हाम्रो दुई देशको भाईचारा, सम्बन्ध अझै प्रगाड हुने विश्वास व्यक्त गर्नु भयो । 

0ed6e19f-729c-4b87-9b51-0591e90a6735

साथै वहाले पी पी धरानद्वारा संञ्चालन गरिएको नृत्यान्जली नृत्यप्रति धन्यवाद दिनुभयो । वहाले आफनो मन्तव्यको क्रममा आउदो २०८२ साललाई कोशी प्रदेशले भ्रमण वर्षकोरुपमा मनाउने उदघोस गर्नुभयो । 

साथै यस वर्षलाई सफल तुल्याउन भारतीय राजदूतावासको साथ सहयोगको अपेक्क्षा राख्नुभयो ।

कार्यक्रमको अन्तमा प्रभारी अधिकारी मेजर भरत कनोजिया ज्युले स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका सम्पुणर् सहभागी टोलीलाई धन्यवाद दिनुभयो । 

वहाले सम्पुणर् आमन्त्रीत विशिष्ट व्यक्तित्वहरुलाई आफनो अमुल्य समय निकाली आउनु भई कार्यक्रमको शोभा बढाई दिनु भएकोमा हार्दिक धन्यवाद दिनुभयो । 

27310bb2-2e9a-4f4d-b40d-a46e9aeb8c19

वहाले आफनो मन्तव्य राख्ने क्रममा कुनै पनि देशलाई चिनाउनको लागि त्यस देशको कला र संस्कृतिले  महत्वपुणर् भुमिका रहेको हुन्छ जसमध्ये कथक नृत्य एक हो । 

कथक नृत्य भारतको पौराणिक नृत्य हो जो भारतको राजस्थान र उत्तर भारतबाट शुरुवात भएको साथ साथै हिन्दु ग्रन्थहरुमा पनि यसको वणर्न गरिएको पाईएको छ । 

वहाले अझ प्रष्ट पार्दै यस्ता नृत्यहरुले देशको सांस्कृतिक सम्वृद्धि र विविधतालाई देखाउछ र हरेक नृत्य शैलीले मानिसको परम्परा ,जीवन शैली र कथा वणर्न र सांस्कृतिक विविधता बयान गर्दछ भन्नु भयो ।

c07f30a8-e871-4d8c-a301-35b306e0bc8d