धरानमा भोलि देखि भव्य संगीत जात्रा महोत्सव हुने
समाचारदाता : गोपाल पौडेल
२०८१ पुस ०६ गते ।
धराने मिडिया : धरानमा भोलि अर्थात पुष ७ गतेदेखि १७ गतेसम्म संगीत जात्रा साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ।
द नेचर क्लब धरान र निशान त्रिवेणी टोल बिकास संस्था धरान १५ को संयुक्त्त आयोजनामा महोत्सव हुन लागेको हो। ११ दिन सम्म चल्ने उक्त महोत्सवमा स्थानिय देखि राष्ट्रिय कलाकारको प्रस्तुति रहने क्लबका अध्यक्ष कृष्ण राईले जानकारी दिए ।
महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशूल्क रहनेछ भने अपरान्ह ४ बजेपछि कलाकारहरुको उपस्थितिलाई मध्यनजर गर्दै शूल्क निर्धारण गरिने पनि उनले बताए ।
महोत्सवमा रोटेपिङ, ड्रागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतामासाका सामग्रीहरुको व्यवस्था पनि गरिएको छ।
त्यस्तैगरि महोत्सवमा कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने छ।