१० औ बास्केटवल ट्यालेन्ट हन्ट सुरु

समाचारदाता : बिकास चाम्लिङ राई

२०८२ बैशाख ०५ गते।

धराने मिडिया : धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा वुधवार देखि १० औ बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु भएको छ ।

     बास्केकटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्धयश्यले बास्केटवल संघले विगत १३ वर्ष देखि नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । १० औ ट्यालेन्ट हन्टको प्रशिक्षण धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा संपन्न भइरहेको छ । विशेष गरेर एसइइ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि प्रशिक्षण क्याम्पमा ४ कक्षा सम्मका विद्यार्थीहरुले सहभागिता जनाएको छ । ट्यालेन्ट हन्टमा सहभागि एसइइ दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृतm सिफारिस गरिने सुनसरी बास्केटवल ंसंघका अध्यक्ष नारायण सुवेदिले जानकारी गराए ।

1744990599099

      यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र  डिपो स्कुललमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृतmमा सिफारिस गरेका थिए । अहिले उनिहरु सोहि विद्यालय वाट बास्केटवल खेल्दै अध्यन समेत गरिरहेको अध्यक्ष सुवेदिले वताए । संघले अहिले सम्म दुई सय भन्दा वढि खेलाडि विद्यार्थीहरुलाई निशुल्क छात्रवृतमा अध्यन गराइसकेका छन । प्रशिक्षण क्याम्प तिन हप्ता सम्म चल्नेछ ।

1744990601606

      प्रशिक्षण क्याम्प विहान ६ वजे देखि ८ वजे सम्म चल्ने राष्ट्रिय बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी गराए । राई संगै प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई राष्ट्रिय बास्केटवल खेलाडि डा. आशा राई, कोशी प्रदेश बास्केटवल खेलाडि सुसन श्रेष्ठ, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिव्वु, युगल लिम्वु, चिरञ्जिवि गिरि लगायतले प्रशिक्षण दिनेछन ।